नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने

96

काठमाडौं, असोज १४: नेपाल टेलिकमले देशभरका ५० शहरी क्षेत्रमा चौथो पुस्ताको फोरजी सेवा सञ्चालनमा ल्याउने भएको छ । भोली बुधबारदेखि ५० शहरी क्षेत्रमा फोरजी सेवा शुरु हुनेछ । टेलिकमले यसअघि २०७३ पुस १७ गतेदेखि काठमाडौँ र पोखरामा फोर जी सेवा पुर्‍याएको थियो । टेलिकमले बढी व्यवसायिक र व्यापारिक कारोबार हुने तथा बढी जनघनत्व भएका स्थान चयन गरेर सेवा विस्तार गर्न लागेको हो । टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार ५० शहरी तथा नगर क्षेत्रमा फोरजी सेवा उपलब्ध गराउने क्रममा ११० भन्दा बढी स्थानमा बिटिएस टावर जडान गरिएको छ । भोलीसम्म टावरको संख्या १५० सम्म पुग्नेछ । सेवा विस्तारका लागि टेलिकमले १८ अर्ब रुपैयाँ खर्च गरेको छ । यसैबीच टेलिकमले दशैंको अवसरमा घटस्थापनादेखि नै फोरजी र अन्य सेवामा विशेष छुट दिएको छ । टेलिकमको फोरजी सीम परिवर्तन गर्दा कुनै शुल्क नलाग्ने जनाएको छ । दोस्रो र तेस्रो पुस्ताका सीम चलाइरहेका ग्राहकले सामान्य रुमपा नै आफ्नो सीमलाई फोर जी बनाउन सक्ने पनि नेपाल टेलिकमले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here