धादिङमा जमिन भासियो/स्थानीयमा त्रास

85

काठमाडौं, असोज १४: निलकण्ठ नगरपालीकामा पर्ने सुनौला बजार स्थित कुसुण्डेमा जमीन फेरी  भासिन सुरु गरे पछी त्यहाँका स्थानीयहरु त्रसित बनेका  छन् ।
सडकमा गुड्दा गुड्दैको सवारी साधनहरु समेत भासीयर खाल्टोमा परेका छन् ।
जमीन के कारणले भासीयको भन्ने विषयमा स्थानीयहरु अनविज्ञ रहेका छन् ।  
जमीन भासीयका कारण त्यहाँका दर्जनौ घरहरु पहिरोको जोखिममा परेका छन् ।
भुकम्प गएको वर्षदेखी  सो क्षेत्रमा जमीन भासिन सुरु गरेको हो । जमीन भासीने क्रम नरोकिय पछी स्थानीयहरुले आफुहरुलाई सुरक्षित स्थानमा सारिदिन सरकारसंग माग गरेका छन् । आजकाल त कुसुन्डेमा   जताततै  जमीन भासिदै गएको छ ।
पर्वं नजिकिदै गएको कारण आफुहरु  अन्यत्र सर्न नमिल्ने भए पछी  केही दिन जोखिम मोलेर भए पनी आफुहरु थातथलो नछाडी बसेको स्थानीयहरुको  भनाई छ ।
अहिले सो क्षेत्रमा गुड्दा गुड्दैको सवारीका साधनहरु समेत सडक भासीयर जमीनमा दवेको  देखे  पछी स्थानीयहरु झनै त्रसित भएका छन् ।
गत वर्षहरुमा वर्षातको समयमा यसरी भासीने गरेको स्थानीयहरुको भनाई छ ।
अहिले सडकदेखी आफ्नो बाली नाली र घर भएको स्थानको जमीन भासीन सुरु गरे पछी स्थानीयहरु अझै धेरै त्रसित भएका हुन् ।
बस्ति ओरपर निकै ठुला ठुला खाडल परेर भासीदै गएको छ । गएका वर्षहरुमा भन्दा यस वर्ष नयाँ नयाँ स्थानमा जमीन भासीयको हो ।
यसरी जमीन भासिन थाले पछी बारीका गह्राहरु समेत चिर चिर पर्न थालेका छन् ।जस्का कारण गाँउ समेत जोखिममा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here