टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपाल आज सिंगापुरसँग खेल्दै

70

काठमाडौं, असोज १५:सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेपालले आज सिंगापुरसँग अन्तिम खेल खेल्दैछ । पहिलो र तेस्रो खेलमा नेपाल टेष्ट राष्ट्र जिम्बावेसँग पराजित भएको छ भने दोस्रो खेलमा सिंगापुरलाइ पराजित गरेको थियो । कप्तान पारस खड्काको कीर्तिमानी शतकसँगै नेपालले आयोजक सिंगापुरलाई ९ विकेटले हराउदै त्रिकोणात्मक क्रिकेट सिरिजमा पहिलो जित दर्ता गरेको थियो । जारी सिरिजमा जिम्बावेसंग भएका दुबै खेलमा पराजित भएको नेपाललाइ सिंगापुरसंग आज हुने खेल निकै महत्पूर्ण हुनेछ । नेपाललाइ हिजो पराजित गरेसंगै जिम्बावे सिरिजको अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । जिम्बावेले ३ खेलमा ४ अंक जोडेको छ । ३ खेलमा २ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ । हारसँगै नेपालको सिरिजको उपाधि जित्ने सम्भावना समेत न्यून भएको छ । अघिल्लो खेलमा जिम्बावेलाइ पराजित गरेको सिंगापुरले अन्तिम खेलमा भोलि फेरि जिम्बावेको सामना गर्नेछ । हिजो भएको खेलमा नेपाल जिम्बावेसँग ४० रनले पराजित भएको हो । ईन्डियन एसोसियसन मैदानमा जिम्बावेले दिएको १ सय ६१ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेट गुमाएर १ सय २० रन मात्र बनाउन सक्यो । डबल राउण्ड रोबिनको आधारमा जारी सिरिजको शीर्ष टोलीले उपाधि जित्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here