रामेछापका ग्रामीण सडक बर्षाले हिलाम्य

76

काठमाडौं, असोज १५:रामेछापका ग्रामीण सडक बर्षाले हिलाम्यै भएकाले दशैंका लागि घर फर्केकाहरु समस्यामा परेका छन् । सडक खराब भएकाले समयमा गन्तव्यमा पुग्न नसक्दा सर्वसाधारण विच बाटोमा अलपत्र परेका छन् । केही दिन अघिको बर्षाले सडक रोपाईं गर्ने खेत जस्तै बनेपछि यात्रुहरुको विजोग भएको हो । दशैं मान्नका लागि परिवार सहित गाउँ फर्केका सर्वसाधारणहरु कहिले बस ठेल्दै त कहिले पैदल हिड्दै गन्तव्य पुग्न बाध्य छन् । बर्षाले रामेछापको हलेदे–धोवी सडक खण्डमा यात्रा गर्न निकै कठिन भएको छ । हालैको बर्षाले जिल्लाका अधिकांश ग्रामिण सडकहरु क्षतविक्षत बनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here