दोलखामा मौलिक घरहरु हराए

126

काठमाडौं, असोज १५:दशै नजिकिएसंगै रातोमाटो र कमेरोले चिटिक्क देखिने घरहरु अहिले दोलखामा देख्न मुस्किल परेको छ । ४ वर्ष पहिलेको भुकम्पपछि सिमेन्ट प्रयोग गरेर क्रकिटयुक्त घर बनाएकाले गाँउघरमा कमेरो र रातोमाटोको प्रयोग हराउदै गएको छ । दशै नजिकिएपनि दोलखाको गाउमा कमेरो र रातोमाटो जोहो गर्नुको साट्टो आधुनिक रंगको प्रयोग बढेको हो । सरकारले दिएको ३ लाखबाट धेरैले २ कोठे घर बनाएका छन भने आम्दानी हुनेले त्यसभन्दा ठुला सिमेन्ट रड प्रयोग गरी आधुनिक घर बनाएका छन । आधुनिक घर निर्माण संगै अधिकाश गाउको मौलिकता हराएको छ । भुकम्प अघि दशै आउन १५ दिन अघि कमेरो र माटोले घर सजाउने चटारो हुने गरेपनि अहिले त्यो परम्परा लोप जस्तै भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here