सिंगापुरमा भएको त्रिकोणात्मक क्रिकेटमा नेपाल सिंगापुरबीचको खेल रद्द

68

काठमाडौं, असोज १६: सिंगापुरमा भएको त्रिकोणात्मक क्रिकेट सिरिजमा नेपाल र घरेलु टोली सिंगापुरबीचको खेल रद्द भएको छ । लगातार पानी परिरहेपछि खेल रद्ध गरिएको हो । रद्ध भएको खेलसंगै कुल ३ अंक जोड्दै नेपालले सिंगापुरमा भएको त्रिकोणात्मक सिरिज यात्रा सम्पन्न गरेको छ । सिरिजको पहिलो खेलमा जिम्बावेसँग ५ विकेटले पराजित भएको नेपाको राष्ट्रिय टोली दोस्रो खेलमा भने घरेलु टोलीलाई ९ विकेटले हराउन सफल भएको थियो । तर तेस्रो खेलमा जिम्बावेसँग ४० रनले पराजित भएपछि नेपालको सिरिज जित्ने लक्ष्य भने पुरा हुन सकेन । सिरिजको अन्तिम खेल आज आयोजक सिंगापुर र जिम्बावेबीच हुदैछ ।   यसैबीच ओमानमा आयोजना हुने पाँच राष्ट्रबीचको टी-ट्वान्टी क्रिकेट सिरिजका लागि नेपाली राष्ट्रिय क्रिकेट टिम आज त्यसतर्फ प्रस्थान गर्दै छ । नेपाली राष्ट्रिय क्रिकेट टिमका म्यानेजर रमन सिवाकोटीले नेपाली टिम सिंगापुरबाटै अपरान्ह ओमान जाने जानकारी दिएका छन् । नेपाली टिम सिंगापुरमा जारी त्रिकोणात्मक टी-ट्वान्टी सिरिज खेलेर ओमान जान लागेको हो । ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपाल, आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । सिरिज यहिँ असोज १८ देखि २३ गते सम्म हुनेछ । नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ । युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here