ललितपुरमा पूर्वाधार योजना सार्वजनिक

56

काठमाडौं, असोज १६:ललितपुरको ३ नंम्वर क्षेत्र भित्र रहेको सम्पदाहरुहरुको संरक्षण गर्न सांसद बिकास कोषद्वारा पूर्वाधार योजना तयार गरी सार्वजनिक गरियो ।   कला, संस्कृति र सम्पदाले भरिपूर्ण ललितपुरको सम्पदालाई बाचर्य राख्न सांसद बिकास कोषलाई नेपाल सरकारले छुट्याएको ६ करोड रुपैया पारदशीै ढंगले सम्पदाको संरक्षण र सम्वद्र्धनकालागि खर्च गर्ने योजन सहित कार्य क्षेत्रको बारेमा प्रतिनिधी सभा सदस्य पम्फा भुसालले सार्वजनिक गरिएका थिए । ललितपुरको क्षेघ नंम्वर ३ भित्र रहेको सम्पदाहरुको संरक्षण गर्दै पर्यटन बर्ष २०२० सम्ममा बढी भन्दा बढी बाह्य पर्यटक भित्र्यायने योजनाका साथ कार्यलाई अगाडी बढाउने समेत जानकारी दिनु भयो । पर्यटकिय पूर्वाधार तथा सुचना केन्द्र उपभोक्ता समितिले आयोजना गरिएको सो कार्यक्रममा तुल्सीलाल सिंह द्धारा लिखित ललितपुरका केही ऐतिहासिक स्थलहरु र जय बन्जाडे द्धारा लिखित डिसकभरींग ललितपुर नामक २ ओटा पुस्तकको समेत लोकार्पण गरिएका थिए ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here