बाराको बतरामा एक बालिकासहित ५ जनाको मृत्यु

75

काठमाडौं, असोज १६: बाराको बतरामा एक बालिकासहित ५ जनाको मृत्यु भएको छ । सेफ्टी ट्यांकीमा एकै परिवारका चार र एक भारतीय नागरिक सहिँत पाँच जनाको शव फेला परेको हो । घरेलु रक्सी उत्पादन गर्ने ठाउँमा उनीहरुको शव भेटिएको हो । प्रहरी नायव उपरिक्षक रविन्द्र सिंह राठोरले पाँचै जनाको शव शंकास्पद अवस्थामा फेला परेको र अनुसन्धान भईरहेको बताउनु भएको छ । मृतकहरुमा ४० वर्षिय जोधा मुखिया बिन , उनकी श्रीमती लाल मुखिया बिन ,  उनकी १२ वर्षिय छोरी सुमानी मुखिया बिन र उनका भाई ३० वर्षीय महेन्द्र मुखिया बिन रहेका छन् । एक जना भने भारतबाट पाहुँनाको रुपमा बस्न आएका बाबा भनिने एक पुरुष रहेको डि.एस.पी राठोरले जानकारी दिनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here