जोय विडेन माथि अनुसन्धान गर्न चीनलाई ट्रम्पको आग्रह

52

काठमाडौं, असोज १७:संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना राजनितिक प्रतिस्पर्धी जोय विडेन माथि अनुसन्धान गर्न चीनलाई आग्रह गर्नुभएको छ । युक्रेनका राष्ट्रपतिसंग गोप्य टेलिफोन संवाद गरी विडेन विरुद्ध अनुसन्धान गर्न उक्साएको आरोपमा महाअभियोगको सामना गरिरहनु भएका राष्ट्रपति ट्रम्पले त्यही विषयमा फेरि अनुसन्धान र कार्वाही अघी बढाउन चीनलाई आग्रह गर्नुभएको हो । अर्को बर्ष हुने राष्ट्रपतीय निर्वाचनमा उम्मेदवारीको घोषणा गर्नु भएका विडेन विरुद्ध राष्ट्रपति ट्रम्पले राजनीतिक प्रतिशोधका कारण त्यस्तो कदम चाल्नु भएको विश्लेषण गरिएको छ । विडेनले आफ्नो लगानीमा युक्रेन र चीनमा उद्योगहरु सञ्चालन गरिरहनु भएको छ । ती उद्योगहरुमा सहि काम नभएकोले छानवीन गरी युक्रेन र चीनले विडेनलाई कार्वाही गर्नुपर्ने राष्ट्रपति ट्रम्पको भनाइ छ । डेमोक्रयाट सासंदहरुले भने युक्रेनसंग सैन्य सम्वन्धको विषय उठाएर ट्रम्पले अनुसन्धानका लागि दवाव दिनुभएको भन्दै महाअभियोग माथि अनुसन्धान सुरु गरेको बताएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here