फ्रान्समा एक जना मानिसले चक्कु प्रहार गरेर चार जनाको हत्या

51

काठमाडौं, असोज १७:फ्रान्सको राजधानी पेरिस स्थित प्रहरी मुख्यालयमा एक जना मानिसले चक्कु प्रहार गरी चार जनाको हत्या गरेका छन् । चक्कु बोकेर इल द ला सिटे स्थित केन्द्रीय प्रहरी मुख्यालय बाहिर गएका ती व्यक्तिले तीन जना प्रहरी र एक जना प्रशासन फाँटमा काम गर्ने अधिकारीको हत्या गरेको विविसीले उल्लेख गरेको छ । घटना लगत्तै प्रहरीले चलाएको गोली लागेर ती व्यक्तिको पनि मृत्यु भएको छ । आक्रमण गर्ने व्यक्ति पनि प्रहरी मुख्यालयकै कर्मचारी भएको र उनले किन त्यस्तो कदन चाले भन्ने बारेमा भने अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । फ्रान्सका प्रहरीले देशभरि प्रहरीहरूमाथि हिंसा बढिरहेको भन्दै हड्ताल गरेको एकदिन पछि यो घटना भएको हो । आक्रमणकारीको नाम पनि गोप्य राखिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here