खोकनाबासीहरुले मनाए श्रीकाली जात्रा

96

काठमाडौं, असोज १७:ललितपुरको खोकनाबासीहरुले परापूर्वकाल देखी मनाउदै आएको श्रीकाली जात्रा धुमधामका साथ मनाईयो । खोकनामा रहेको श्रीकालीको मूर्तिलाई श्रीकाली चौरमा रहेको मन्दिरमा लगेर बिराजमान गराई सके पछी बिशेष पुजाआजा गरी दक्षप्रजापतिको होम गरीने परम्परा रहेको छ । ऐतिहासिक महत्व समेत बोकेको यो जात्रामा स्वस्थानीको कथामा आधारित भई सतीदेवी होममा हामफालेको अभिनय गर्नुका साथै गणेश, कौमारी, ब्रम्हायणी, बैसनवी, माहेश्वरी, चामुण्डा, ईण्ड्रायणी, बाराही, कालिका, भैरव, महालक्ष्मी लगायत ४६ जना देव देवीहरु श्रीकालीलाई खुशी पार्न चौरमा आई नाचगान गर्ने स्थानियबासी बताउछन् । जात्रामा खोकनाका जम्वु गुठी, सलां गुठी र तगु गुठीका गुठीयारहरुले भैरव स्वरुप लेखिएको ठूला ठूला भाँडामा जाँड र चामल ल्याएर श्रीकालीलाई चढाउने र बाँकी रहेको जाँड र चामल भक्तजनहरुलाई बाँड्ने परम्परा रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here