भारतीय आयल कर्पोरेशनको बरौनी रिफाईनरीबाट नेपाली ट्याङ्करमा हुने आयत बन्द

87

काठमाडौं, असोज १७:मोतिहारी अमलेखगञ्ज पेट्रोलियम पाईपलाईन सञ्चालनमा आउन थालेपछि भारतीय आयल कर्पोरेशनको बरौनी रिफाईनरीबाट नेपाली ट्याङ्करमा हुने आयत बन्द भएको छ । सवै भन्दा धेरै तेल ढुवानी गर्ने बरौनीबाट ट्याङ्कर लोड हुन छोडेपछि दैनिक करिव १५० वटा ट्याङ्करका लागि हुने खर्च कटौती हुने भएको छ । नेपाल आयल निगम क्षेत्रिय डिपो अमलेखगञ्जका डिपो प्रमुख प्रदिप यादवले बरौनीबाट डिजल लोड गर्ने कार्य बन्द गरिएको जानकारी दिनुभयो । बरौनीबाट लोड बन्द भएपनि रक्सौलबाट भने डिजल लोड भईरहेको समेत उहाले बताउनु भयो । पाईप मार्फत डिजल आउन थालेपछि रक्सौल डिपोबाट समेत ट्याङ्कर मार्फत आउने डिजलको परिमाण ५० प्रतिशतले घटेको निगमले जनाएको छ । ईण्डियन आयलको मोतिहारीमा डिपो नहुँदा हाल पटनाबाट डिजल पम्पिङ्ग भईरहेको छ । हाल प्रतिघण्टा दुई सय किलो लिटर डिजल आईरहेकोमा मोतिहारीबाट पम्पिङ्ग शुरु भएपछि दुई सय ९० किलो लिटर प्रतिघण्टा डिजल आउने निगमले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here