दशैँको मुखमा हुम्लाका बिभिन्न गाँउमा चामल अभाव

81
A Thakuri man and his horse descend a steep trail in the Humla district of remote west Nepal. The horse is laden with rice supplied as food aid by the World Food Program to assist the drought-stricken people of Humla.

काठमाडौं, असोज १७:दशैँको मुखमा हुम्लाका बिभिन्न गाँउमा चामल अभाव भएको छ । दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रका गोदाम रित्तिएका छन् । स्थलमार्ग भएर पुग्नुपर्ने चामल बिक्री केन्द्र र डिपोमा नहुँदा हुम्लाका पाँच गाउँपालिकाका नागरिकलाई यो वर्षको दशैँ खल्लो हुने भएको छ । जिल्लाको अदानचुली गाउँपालिकाको श्रीनगर डिपो, सर्केगाड डिपो, देउली बिक्री केन्द्र, छप्रेला बिक्री केन्द्र र यो वर्ष खार्पुनाथ गाउँपालिकामा स्थापना गरिएको नयाँ बिक्री केन्द्रमा चामलको अभाव रहेको नेपाल खाद्य संस्थान शाखा हुम्लाले जनाएको छ । चालू आर्थिक वर्षमा संस्थानले टेण्डर प्रक्रिया ढिलो गरेका कारण जिल्लाको दक्षिणी क्षेत्रमा रहेका यी पाँच गाउँपालिकामा चामल नपुगेको जिल्ला संस्थान प्रमुख रामबहादुर विष्टले बताउनुभयो । नेपालीको महान् पर्व दशैँमा चामल नपुगे पनि तिहारसम्ममा पु¥याउने लक्ष्य लिइएको उहाँले जानकारी दिनुभयो । गत असारको अन्तिम सातादेखि दक्षिणी क्षेत्रमा रहेका दुई वटा डिपो र तीन वटा बिक्री केन्द्रमा चामल नहुँदा डिपो र बिक्री केन्द्र खाली रहेको सर्केगाड गाउँपालिकाका उपाध्यक्ष जोशी धाँमीले बताउनुभयो । दशैँमा चामलको अभाव हुने सदरमुकाम सिमकोटमा भने यो वर्ष खाद्यान्न मौजात रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here