सहकार्य र सहमतिका साथ अघि बढ्न सरकारलाई गच्छेदारको आग्रह

66

काठमाडौं, असोज १७:नेपाली कांग्रेसका उपसभापति विजय गच्छेदारले मुलुकको विकास र आर्थिक समृद्धिका लागि प्रतिपक्षी दलसंग सहमति र सहकार्य गरी अघि बढ्ने प्रधानमंत्रीको प्रतिबद्धता कार्यान्वयनका लागि आग्रह गर्नुभएको छ । विराटनगरमा संचारकर्मीहरुसंग कुरा गर्दै उपसभापति गच्छेदारले प्रधानमंत्री केपी शर्मा ओलीले सत्तारुढ दल र प्रतिपक्षी दल बीच केही दिन अघि भएको कुराकानीमा प्रमुख प्रतिपक्षी दलसंग सहमति र सहकार्य गरेर अघि बढ्ने र संविधान कार्यान्वयनलाई गतिशिलता दिने सहमति भएको जानकारी दिनुभयो । उहाँले प्रधानमंत्रीको प्रतिबद्धता विपरितको कार्य सरकारले गरिरहेकोमा चिन्ता व्यक्त गर्नुभयो । एक प्रश्नको जवाफमा उपसभापति गच्छेदारले मुलुकको शान्ति सुरक्षाको अवस्था गम्भिर रहेको बताउदै संविधान र लोकतान्त्रिक मुल्य मान्यता विपरित नागरिकलाई हिडडुल र बोल्न प्रतिबन्ध लगाउने कार्य तत्काल रोक्न आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here