टी–ट्वान्टी क्रिकेट अन्तर्गत नेपाल आज हङकङसँग खेल्दै

67

काठमाडौं, असोज १९:ओमानमा हिजोबाट सुरु भएको पाँच राष्ट्र सम्मिलित टी–ट्वान्टी क्रिकेट शृङ्खलामा नेपालले आफ्नो पहिलो खेल आज हङकङविरुद्ध खेल्दैछ । नेपाल र हङकङ विचको खेल दिउँसो २:४५ बजे हुनेछ । हेड टु हेडका आधारमा नेपाल र हङकङबीच ७ पटक टी-ट्वान्टी खेलमा प्रतिस्पर्धा भएको छ । यस अघिभएका खेलमा नेपाल ३ पटक विजयी भएको छ भने ४ खेलमा हङकङले जित हासिल गरेको छ । पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित हङकङ आज पहिलो जितको खोजीमा हुनेछ । तर नेपाली टोली चिरपरिचित प्रतिस्पर्धी हङकङलाई पाखा लगाउदै जित निकाल्ने योजनामा छ । प्रतियोगिता अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल भोली नेदरल्याण्डसँग खेल्नेछ । प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक ओमानले हङकङलाई र आयरल्याण्डले निदरल्याण्डलाई पराजित गर्दै विजयी भए । आजै ओमान र आयरल्याण्डबीच दोस्रो खेल पनि हुदै छ । जारी शृङ्खलामा नेपाल र आयोजक ओमान सहित, हङकङ, नेदरल्याण्ड र टेष्ट राष्ट्र आयरल्याण्ड रहेका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here