इराकमा मानिसको जीवनरक्षाका लागि राष्ट्रसंघको अपिल

52

काठमाडौं, असोज १९:संयुक्त राष्ट्र संघले इराकमा जारी प्रदर्शनका क्रममा अनाहकमा धेरै मानिसको ज्यान गएको भन्दै सर्वसाधारणको जीवनरक्षाका लागि अपिल गरेको छ । इराकमा जारी सरकार विरोधी प्रदर्शनमा मृत्यु हुनेको संख्या १ सय नजिक पुगेको छ । प्रदर्शनकारीहरुले बेरोजगारी, खराब सार्वजनिक सेवा र भ्रष्टाचार विरुद्धको आफूहरुको अडान कायम रहेको बताएका छन् । इराकका लागि संयुक्त राष्ट्र संघीय सहायता नियोग प्रमुखले पाँच दिनमा भएको सर्वसाधारणको मृत्यु र घाइतेको संख्या अकल्पनीय भएको बताउँदै त्यसलाई तत्काल बन्द गरिनुपर्ने बताएकी छन् । इराकी मानव अधिकार आयोगका अनुसार घटनामा चार हजार भन्दा बढी घाइते भएका छन् । घाइतेमध्ये अधिकांश प्रदर्शननकारी छन् । प्रदर्शन थप हिंसात्मक बन्दै गएकाले त्यसलाई तत्काल रोक्न आग्रह गरिएको हो । गत मंगलबारदेखि राजधानी बगदाद र अन्य ठूला शहरहरुमा प्रदर्शन भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here