हङकङमा जारी सरकार विरोधी आन्दोलन हिंसात्मक बन्दै

53

काठमाडौं, असोज १९:हङकङमा विगत पाँच महिना देखि जारी सरकार विरोधी आन्दोलन हिंसात्मक बन्दैगएको छ । प्रदर्शनकारीहरुले रेल मार्ग, सडक र विमानस्थलमा समेत अवरोध गरेपछि सुरुक्षाकर्मीसंग दोहोरो झडपका घटना भइरहेका छन् । प्रदर्शनकारीहरुले स्टेशन र त्यहाँ रहेका पसहरुमा तोडफोड गरेपछी शहरको मेट्रो रेल सेवा पूर्ण रुपमा बन्द गराइएको छ । एयरपोर्ट एक्सप्रेस बाहेकका सबै यातायातका सेवा ठप्प भएका छन्  भने किनमेल गर्ने सुपरमार्केट र बैंकहरु समेत बन्द भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले उल्लेख गरेका छन् । मेट्रो रेल स्टेशनमा ठूलो क्षति पुगेकोले त्यसको मर्मत नसकिएसम्मका लागि सेवा संचालन गर्न नसकिने अधिकारीहरुले बताएका छन् । शुक्रवार भएको प्रदर्शनका क्रममा प्रहरीले चलाएको गोली लागेर एक जना युवा घाइते भएपछि प्रदर्शन थप उग्र बनेको छ । प्रदर्शनकारीहरुले मास्क लगाएर हिंसात्मक गतिविधी गरेको पाइएपछि सरकारले मास्क लगाउन प्रतिवन्ध लगाएको छ । तर विरोधमा सहभागीहरुले सरकारी आदेशको अवज्ञा गरेका छन् । एउटा कानून निर्माणको विषयलाई लिएर सुरु भएको विरोध सरकारले कानून फिर्तालिए पनि अझै मथ्थर भएको छैन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here