नेपाल आज नेदरल्याण्डसँग प्रतिस्पर्धा गर्दै

78

काठमाडौं, असोज २०:ओमानमा भइरहेको पाँच राष्ट्र सहभागि टी–ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा आज नेदरल्याण्डसंग प्रतिस्पर्धा गर्दैछ ।   ओमानको अल अम्रेट क्रिकेट मैदानमा हुने खेल बिहान ११:१५ बजे सुरु हुनेछ । पहिलो खेलमा हङकङलाई पराजित गरेको नेपालले सोही लयलाई दोस्रो खेलमा समेत निरन्तरता दिने लक्ष्य लिएको छ । सिरिजमा हिजो भएको खेलमा हङकङलाई ४ विकेटले जितेको नेपाल २ अंक जोड्दै तालिकाको दोस्रो स्थानमा छ । नेदरल्याण्ड भने आफ्नो पहिलो खेलमा आयरल्याण्डसंग ६ विकेटले पराजित भएको थियो । यस्तै नेपालले आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्नेछ । हङकङ विरुद्धको हिजोको खेलमा नेपालले सुरुवाती ब्याट्सम्यानलाई सस्तैमा गुमाएको थियो । तर बिनोद भण्डारीको उत्कृष्ट व्याटिङमा नेपालले ४ विकेटको शानदार जित निकाल्न सफल भयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here