पेरिस लगायत केहि ठूला शहरहरुमा प्रदर्शन

51

काठमाडौं, असोज २०:फ्रान्समा सरकारले ल्याउन लागेको नयाँ प्रजनन् ऐनको विषयलाई लिएर राजधानी पेरिस लगायत केहि ठूला शहरहरुमा प्रदर्शन भएको छ । एकल, अविवाहित र समलिङ्गी महिलाहरुलाई प्रजनन अधिकार दिंदै उनीहरुले पनि इच्छा गरेमा बच्चा जन्माउन सक्ने गरि नयाँ कानूनमा गर्न लागिएको व्यवस्थाप्रति प्रतिपक्षी दलको नेतृत्वमा विरोध र प्रदर्शन भएको हो । सन् २०१३ मा फ्रान्समा समलिंगी विवाहलाई मान्यता दिने सम्वन्धी ऐन पारित भएको थियो । अहिले प्रस्तावित ऐनमा इन भिट्रो फर्टिलाइजेसन भनिने बाहिर नै शुक्रकिट र डिम्बको मिलाप गराएर पछि गर्भाशयमा राखेर गर्भधारण गराइने प्रक्रियालाई एकल र समलिङ्गीहरुलाई समेत अधिकार दिने उल्लेख छ । विद्यमान फ्रान्सेली कानूनले प्रतिवन्ध लगाएको त्यस्तो समूहका ४५ बर्ष उमेर सम्मा महिलाले चाहेमा यो विधी मार्पत गर्भधारण गर्नपाउने प्रस्ताव ऐनले गरेको छ ।  नउँ कानूनले महिला अधिकारका हिसावले फ्रान्सलाई अन्य धेरै युरोपेली मुलुक सरह बनाउने भएपनि त्यसले परम्परागत समाजिक व्यवस्था विथोलिने भन्दै विरोध भइरहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here