महानवमीका अवसरमा सवारी साधनहरुको पूजा

72

काठमाडौं, असोज २०:महानवमीका अवसरमा आज सवारी साधनहरुलाई पनि बलि दिएर पूजाआजा गर्ने चलन छ ।   महानवमीका अवसरमा कोतहरुमा हर्षबढाइँका साथ कोतपूजा र निशान पूजा पनि गरिन्छ । यस अवसरमा हनुमानढोका दरबारका साथै नेपाली सेना , नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलका ब्यारेक र गुल्महरुमा बाजागाजासहित जङ्गी निशाना पूजा र कोतपूजा गर्ने प्रचलन छ । यसै अवसरमा सशस्त्र प्रहरी बल प्रधान कार्यालयमा निसान तथा मौलो पूजा सम्पन्न भयो । सशस्त्र प्रहरी ब्याण्डको मंगल धुन सहित शुरु भएको पूजाका क्रममा निसान भगवती सलामी अर्पण गरिएको थियो ।  यसै अवसरमा सरकारी निकाय तथा संस्थानहरुमा  सवारी साधन लगायत मेसिनरी औजारहरुको पुजा गरियो । यसक्रममा नेपाल टेलिभिजनमा पनि सवारीसाधन तथा यन्त्रहरुको  पुजा गरियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here