तलेजु भवानीको मन्दिर आज खुला

66

काठमाडौं, असोज २०:हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको मन्दिर आज खुला भएको छ । वर्षमा एकपटक महानवमीका दिन मात्र खुल्ने तलेजु भवानीको मन्दिर आजैको दिन खुल्ने गर्दछ । वर्षमा एक दिनमात्र खुल्ने भएकाले आज यहाँ दर्शनार्थी एवं पूजा गर्ने भक्तजनको भीड लागेको छ । तलेजु भवानी दर्शन गर्न चाहने भक्तजन आज बिहानै लाममा बस्न जाने गर्छन् । महानवमीका अवसरमा आज नेवारी समुदायले भने भीमसेनलाई बलिसहित पूजा गर्ने गर्छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here