नेपाल र चीनबीच २० वटा विषयमा सहयोग आदान प्रदान हुने

97

काठमाडौं, असोज २७:नेपाल र चीनबीच २० वटा विषयमा सहयोग आदान प्रदानका लागि हस्ताक्षर सम्पन्न भएको छ । चीनीया राष्ट्रपती सी र नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा द्विपक्षिय सहयोग आदान प्रदान सम्वन्धमा हस्ताक्षर भएको हो । परियोजनाको सभ्भाव्यता अध्ययन, सिमापार विद्युत प्रशारणलाइन विस्तार र सुरुङमार्ग निर्माण लगाएका विषय समेटिएका छन् । विसवटा मध्ये एउटा सन्धी ४ वटा सम्झौता, १० वटा समझदारी र एउटा प्रोटोकल र अन्य लेटर अफ एक्स्चेन्ज रहेका छन् ।

नेपाल र चीनवीचको सिमालाइ वैज्ञानिक र व्यवस्थित ढंगले व्यवस्थापन गर्ने, नेपालमा चीनीया लगानी विस्तार गर्ने अभियानमा ७ सय ६२ मेगावाटको तमोर जलशाययुक्त परियोजना र १ सय ५६ मेगावाटको माडी वहुउदेश्यिय आयोजनामा लगानी तयारीको लागि संयुक्त टोलीले एक वर्ष भित्र काम गर्ने समझदारी भएको छ । परम्परागत औषधि विज्ञानको विकासमा आपसी सहयोग वढाउने र त्रिभुवन विश्वविद्यालयमा कन्फ्युसियस अध्ययन केन्द्र स्थापना गर्ने सम्झौता भएको छ ।

त्यसैगरी नेपाल र चीनवीच भइरहेको व्यापारलाइ थप व्यवस्थित गर्न संयुक्त कार्य समूह वनाइ काम गर्ने तथा सिमापार रेल मार्गका लागि सम्भाव्यता अध्ययन गर्ने समझदारी भएको छ ।चीन र नेपालका २/२ वटा शहरलाइ भगिनी शहर वनाएर विकास गर्ने समझदारी भएको परराष्ट्रमन्त्रालयले जनाएको छ ।सगरमाथाको संरक्षण पनी दुइदेशको साझा चासोको विषय वनेको छ ।नेपालवाट चीनमा अमिला वर्गका फलफूल निर्यात गर्ने प्रोटोकलर आपराधिक मामलाका विषयमा आपसमा निष्पक्ष कानुनी सहयोग गर्ने सन्धिमा पनी हस्ताक्षर गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here