कुलेखानी तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादन शुरु

63

काठमाडौं, असोज २८:मकवानपुरको भीमफेदी सानुटारस्थित निर्माणाधीन कुलेखानी तेस्रो जलविद्युत् आयोजनाले आजबाट विद्युत्को उत्पादन परीक्षण शुरु गरेको छ । आयोजनाबाट १४ मेगावाट विद्युत् उत्पादन गरी काठमाडौँस्थित विद्युत्को केन्द्रीय ग्रिडमा जोडिएको छ । कुलेखानी तेस्रोबाट अब नियमितरुपमा उत्पादन भइरहने आयोजनाले जनाएको छ । आयोजनाको निर्माण अवधि विभिन्न कारणले लम्बिएर करीब १२ वर्षपछि मात्रै विद्युत् उत्पादन गर्ने प्रयास सफल भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here