मेलम्चीमा प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा

67

काठमाडौं, असोज २८:मेलम्ची खानेपानी आयोजनाअन्तर्गतको खानेपानी प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । दैनिक १७ करोड लिटर पानी प्रशोधन गर्ने गरी सुन्दरीजलमा एउटा ट्याङ्की निर्माण भइसकेको छ भने अर्को ट्याङ्कीको  निर्माण अन्तिम चरणमा पुगेको छ । प्रशोधन केन्द्रको क्षमता आठ करोड ५० लाख लिटर रहेको छ । निर्माणाधीन प्रशोधन केन्द्रको ठेक्का सम्झौताको अवधि गत महीना सकिएको थियो । यसैगरी आयोजनाले सुरुङ निर्माण, ‘हेडवर्क’ र प्रशोधन केन्द्र निर्माणमा ठेक्कामार्फत काम अघि बढाएको छ । सुरुङ निर्माण र हेडवर्क निर्माणका लागि सरकारले केही समय अघि मात्रै ठेक्का सम्झौता गरेको थियो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here