गैरआवासीय नेपाली संघको महाधिवेशन काठमाडौंमा

89

काठमाडौं, असोज २८:गैरआवासीय नेपाली संघको नवौँ विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँमा शुरु भएको छ । नेपालको विकास निर्माणमा सङ्घले खेल्ने भूमिकामा विश्व सम्मेलन केन्द्रित हुने सङ्घका उपाध्यक्ष कुमार पन्तले जानकारी दिनुभयो । सम्मेलनमा सरकार, राजनीतिक दल, उद्यमी व्यवसायी र सङ्घलाई एकै ठाउँमा सहभागिता गराई मुलुकको आर्थिक विकासमा छलफल गरिने कार्यक्रम छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ आज शुरु भएको सम्मेलनको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नुभयो । सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० सहभागी हुने छन् । सङ्घका अध्यक्ष भवन भट्टले सम्मेलनमा मुलुकको समृद्धिको यात्रामा दिशा निर्देशन हुने एजेण्डामा छलफल गरिने बताउनुभयो । उहाँले ऊर्जा, पर्यटन, पूर्वाधार विकासमा करीब सय अर्ब लगानी गर्ने योजना गैरआवासीय नेपाली संघको रहेको जानकारी पनि दिनुभयो । महाधिवेशनले सङ्घको नयाँ नेतृत्वसमेत चयन गर्नेछ । नयाँ नेतृत्वका लागि भोली निर्वाचन हुने कार्यक्रम छ । नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here