गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन

91

काठमाडौं, असोज २९:गैरआवासीय नेपाली सङ्घको नयाँ नेतृत्वका लागि आज निर्वाचन हुँदै छ । सङ्घको नयाँ नेतृत्वका लागि कुमार पन्त र कुल आचार्यको प्यानलबीच प्रतिस्पर्धा हुँदैछ । सङ्घको नयाँ नेतृत्वका लागि ४२ पदमा आज दिउँसो ३ बजेदेखि साँझ ८ बजेसम्म हुने निर्वाचनमा विद्युतीय यन्त्रबाट मतदान हुनेछ । निर्वाचनका लागि अहिले बिहान साढे १० बजेसम्म उम्मेद्वार मनोनयनको समय तोकिएको छ । मतदानमा करीब २ हजार ४०० मतदाता सहभागी हुनेछन् ।  यसैबीच निर्वाचनमा सम्भवतः नेपालकै सबभन्दा बढी उम्मेद्वारी दर्ता शुल्क तोकिएको छ । उम्मेद्वारी दर्ता शुल्क एक लाखदेखि १० लाख रुपैयाँसम्म तोकिएको सङ्घका प्रमुख निर्वाचन आयुक्त शिव रिजालले जानकारी दिनुभयो । गत महाधिवेशनमा सात लाख ५० हजार रुपैयाँ रहेको अध्यक्ष पदको दर्ता शुल्क यसपटक १० लाख तोकिएको छ भने अन्तर्राष्ट्रिय समन्वय समिति (आईसीसी सदस्य) को एक लाख रुपैयाँ तोकिएको छ । ‘म, मेरो एनआरएन र मेरो नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको सम्मेलनको राष्ट्रपति विद्यादेवी भण्डारीले हिजो उद्घाटन गर्नुभएको थियो । तीन दिनसम्म चल्ने सम्मेलनमा ८१ मुलुकका करीब दुई हजार ५०० प्रतिनिधि सहभागी छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here