मेक्सिकोमा गोली हानाहान/१५ जनाको मृत्यु

74

काठमाडौं, असोज ३०:मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा मेक्सिको सेना र अज्ञात हतियारधारी बीच भएको गोली हानाहानमा १५ जनाको मृत्यु भएको छ । घटनामा मारिने १५ जना मध्ये सुरक्षाकर्मी र हतियारधारी कति मारिए भन्ने  खुलाइएको छैन । सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहले आक्रमण गरेको बताइएको छ । सोही राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृतको हत्या गरिएको थियो । केही दिनको अन्तरालमा फेरि यो अर्को घटना भएको हो । गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । सो राज्यमा लागू औषधका कारोबारीहरु अन्य राज्यको तुलनामा बढी नै रहेकाले पनि हिंसात्मक घटनाहरु बढी हुने गरेको सुरक्षाकर्मीहरुले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here