ब्रेक्जिट सम्बन्धमा इयू परिषद्को बैठक निष्कर्षविहिन

79

काठमाडौं, असोज ३०:युरोपेली संघ इयूबाट बेलायतको बहिर्गमन ब्रेक्जिट सम्वन्धी प्रस्तावबारे निर्णय गर्न बसेको इयू परिषद्को बैठक विना कुनै ठोस निर्णय सम्पन्न हुने भएको छ । बहिर्गमनका सम्वन्धमा बेलायतले परिमार्जन सहितको प्रस्ताव अघि सारेको भएपनि त्यसमा इयू पूर्णरुपमा विश्वस्त भएको छैन । उत्तरी आयरल्याण्डसंगको सिमा व्यापार र करको विषयमा बेलायतको प्रस्तावलाई लिएर इयू परिषद्ले विमति राख्दै आएको छ । यहि अक्टोवर महिनाको अन्तिमबाट बेलायत औपचारिक रुपमै इयूबाट बाहिरिदै छ । त्यसैको निर्णयका लागि आज इयू परिषद्को बैठक बसिरहेको छ । परिषदको बैठकले आज ब्रेक्जिटबारे अन्तिम निर्णय लिने बताइएको छ । तर बेलायती उच्च अधिकारीहरु नै कुनै सम्झौताहुनेमा ढुक्क देखिएका छैनन् । यस अघी इयूसंग कुनै सम्झौता नै नगरी बाहिरिने प्रधानमन्त्री बोरिस जोनसनको प्रस्तावलाई संसदले अस्विकार गरेपछी उहाँ परिमार्जित प्रस्ताव सहित इयू जानुभएको हो । उत्तरी आयरल्याण्ड बारेमा आफ्नो परिमार्जित प्रस्तावमाथि समर्थन जुटाएर ब्रेक्जिट पारित गराउने कसरतमा प्रधानमन्त्री जोनसन लागिरहनुभएको छ । ब्रक्जिट पछिको एक बर्षलाई संक्रमणकालिन समय मानेर त्यस अवधिमा संयुक्त अधिराज्य अन्तरगतनै रहेको उत्तरी आयरल्याण्डले बेलायतको प्रस्ताव मान्ने वा अस्विकार गर्ने भन्ने निर्णयगर्न सक्ने गरी नयाँ प्रस्ताव आएको छ ।  यसले विवादको समाधान गरी निर्धारित समयभित्रै बेलायतको बहिर्गमन सुनिश्चित गर्ने विश्वास गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here