वीरगन्ज–पथलैया सडकको निर्माण कार्यमा ढिलाइ

63

काठमाडौं, असोज ३०:दोस्रो पटक थपिएको म्याद सकिएपनि वीरगन्ज–पथलैया ६ लेन सडकको निर्माण कार्य अझैं सम्पन्न हुन सकेको छैन । निर्माण कम्पनीलाइ दिइएको दोस्रो पटकको म्याद असोज २८ गते सकिएपनि सडक निर्माणको कार्य ७० प्रतिशत मात्रै भएको छ । बारा र पर्साका प्रमुख जिल्ला अधिकारी सहितको संयुक्त टोलीले सो सडक निर्माणको स्थलगत अनुगमन गर्दा निर्माणको गती सुस्त रहेको पाइएको हो । अनुगमन पछि पर्साका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईले १८ वटा प्याकेजमा भइरहेको सडक निर्माण मध्य धेरैजसोमा लापरवाही गरेको पाइएको बताउनुभयो । सार्वजनिक खरिद नियमावली अनुसार अन्तिम पटककालागि आउदो असोज सम्म म्याद थपिने र सो समयसिमा भित्र निर्माण कार्य सम्पन्न नभए सम्झौता तोडदै ठेकेदारबाट क्षेतीपूर्ती असुल गरिने उहाँको भनाइ छ । व्यापारिक मार्ग विस्तार आयोजना अन्तरगत बाराको पथलैया देखि वीरगन्जको आइसिपि सम्म करिब ३१ किलोमिटर सडक निर्माणमा सरकारले ४ अर्ब ३८ करोड भन्दा बढी रुपैया लगानी गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here