मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण

59

काठमाडौं, असोज ३०:कोरला नाका जोड्ने बेनी–जोमसोम–कोरला सडकअन्तर्गत मुस्ताङको छुसाङमा मोटरेबल पुल निर्माण भएको छ । छुसाङ र चैलेको सिमानामा पर्ने मुस्ताङ गेटमा कालीगण्डकी नदीमाथि मोटरेबल पुल निर्माण भएपछि उपल्लो मुस्ताङ सिधा यातायात सञ्जालमा जोडिएको छ । यसअघि पुल नहुँदा कालीगण्डकी नदीमा पानीको सतह घट्दा हिउँदयाममा मात्र जोमसोमदेखि लोमान्थाङ हुँदै कोरला नाकामा सिधा सवारी सञ्चालन हुने गरेको थियो । पुल निर्माण भएपछि जोमसोमदेखि लोमान्थाङसम्म सहजरूपमा सवारी साधन सञ्चालन हुन थालेको छुसाङका मुखिया विनोद गुरुङले जानकारी दिनुभयो । कालीगण्डकी नदीबाट सवारी साधन तार्नुपर्ने समस्या हटेको छ । सडक यातायात सहज भएपछि देशका विभिन्न ठाउँबाट उपल्लो मुस्ताङ भ्रमणमा जानेहरुको सङ्ख्या बढेको छ । पुल बनेपछि दैनिक उपभोग्य वस्तु, खाद्यान्न र निर्माण सामग्री ढुवानी सहज भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here