सामाजिक सुरक्षा कोषमा निजी क्षेत्रका ६ हजार रोजगारदाता आवद्द

65

काठमाडौं, असोज ३०:सरकारले निजी क्षेत्रका सबै उद्योग–प्रतिष्ठानहरुलाई अनिवार्य गरेको सामाजिक सुरक्षा कोषमा आवद्ध हुने म्याद आज सकिँदैछ । अहिलेसम्म करीब ६ हजार रोजगारदाता र ८५ हजार कामदार कोषमा आबध्द भएका छन् । हालसम्म कोषमा कामदारको ५ करोड सामाजिक सुरक्षाबापतको रकम जम्मा भएको कोषका कार्यकारी निर्देशक कपिल ज्ञवालीले जानकारी दिनुभयो । योगदानमा आधारित सामाजिक सुरक्षा योजना निजी क्षेत्रका कामदारका लागि ल्याइएको हो । म्याद सकिन एक दिन मात्रै बाँकी हुँदा पनि धेरै रोजगारदाता भने कोषबाट बाहिरै छन् । तर समयसीमा सकिनै लाग्दा बाक्लो रुपमा रोजगारदाताहरु आवद्ध हुन थालेका छन् । करीब १ लाख कामदार आवद्ध गर्ने लक्ष्य रहेको सामाजिक सुरक्षा कोषले जनाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here