एनआरएनएको नयाँ नेतृत्वका लागि आज मतदान हुने

91

काठमाडौं, असोज ३०:गैर आवासीय नेपाली संघ एनआरएनएको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचन कार्यक्रम अनुसार हिजो अपरान्ह ३ बजेदेखि राती ८ बजेसम्म मतदानको समय तोकिएको थियो । तर विद्युतीय भोटिङ मेसिनको काम नगरेपछि हिजो हुने भनिएको मतदान स्थगित भएको छ । मतदान स्थगित भएपछि मतदान स्थलमा नाराबाजी समेत भयो । एक जनाले मतदान गरेपछि मेसिन बिग्रिएको निर्वाचन कमिटीले जनाएको छ । भोटिङ मेसिन बनाएर आज बिहान १० बजेदेखि मतदान प्रक्रिया पुन:सुरु गर्ने तयारी गरिएको छ । गैर आवासीय नेपाली संघ एनआरएनएको अध्यक्ष पदमा कुमार पन्त र कुल आचार्यबीच प्रतिस्पर्धा हुँदैछ । महाधिवेशनमा ४१ पदका लागि ७५ जनाको मनोनयन दर्ता भएको छ । तर केही पदमा निर्विरोध निर्वाचन भएको छ । मतदानमा २ हजार ४ सय जति प्रतिनीधि सहभागी हुनेछन् । निर्धारित कार्यतिका अनुसार गैर आवासीय नेपाली संघ एनआरएनएको ९ औं विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन आज सम्पन्न हुनु पर्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here