राष्ट्रपति भण्डारी र म्यान्माका राष्ट्रपतिबीच द्वीपक्षीय भेटवार्ता

180

काठमाडौं, असोज ३०:राष्ट्रपति विद्यादेवी भण्डारी र म्यान्माका राष्ट्रपति विन मिन्टबीच द्वीपक्षीय भेटवार्ता भएको छ । म्यानमाको राजधानी नेपितोमा भएको भेटवार्ताका क्रममा उहाँहरु बीच दुई देशको आपसी सम्वन्ध विस्तार, पर्यटन विकास र आर्थिक क्षेत्रमा सम्वन्ध बढाउने लगायतका विषयमा छलफल भएको छ । त्यसअघी राष्ट्रपति विद्यादेवी भण्डारीको सम्मानमा उहाँलाई गार्डअफ अनर प्रदान गरिएको थियो । म्यान्माको पाँच दिने राजकीय भ्रमणका क्रममा राष्ट्रपति भण्डारी हिजो म्यानमाको राजधानी नेपितो पुग्नुभएको हो । करीब ४ दशकपछि भएको राष्ट्राध्यक्षको यस भ्रमणका क्रममा दुई मुलुकबीच सांस्कृतिक तथा पर्यटन सम्बन्धी विषयमा छलफल तथा सम्झौता समेत हुने भएको छ । यसैगरि राष्ट्रपति भण्डारीले आजै म्यान्माका स्टेट काउन्सिलर आङ सान सुचीसंग पनि शिष्टाचार भेट गर्नुभएको राष्ट्रपतिको भ्रमणदलमा रहेका हाम्रा प्रतिनिधीहरु रविचन्द्र पराजुली र बसन्त रुपाखेतीले जनाएका छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here