आज भिटामिन ‘ए’ खुवाउने कार्य जारी

71

काठमाडौं, कार्तिक ३:छ महिनादेखि माथि पाँच वर्षमुनिका बालबालिकालाई आज भिटामिन ‘ए र जुकाको औषधी खुवाइयो । दुइदिने अभियान अन्तरगत भोलि पनि भिटामिन ‘ए र जुकाको औषधी खुवाइने छ । यस पटक प्रदेश तथा स्थानीय तहसँग मिलेर राष्ट्रिय भिटामिन ए कार्यक्रम सञ्चालन गरिएको छ ।  ६ महिनादेखि पाँच वर्षसम्मका बालबालिकाको पोषण स्थितिको जाँच गरी खोप केन्द्र र वडा कार्यालयमा भिटामिन ए र जुकाको औषधि खुवाइएको हो । पहिलो चरणअन्तर्गत ७५३ वटै स्थानीय तहका ६ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई भिटामिन ए र पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने स्वास्थ्य सेवा विभागले जनाएको छ । यस्तै ६ महिनादेखि दुई वर्षसम्मका बालबालिकालाई बालबिटा ट्याब्लेट बाँड्ने योजना समेत रहेको विभागको वालस्वास्थ्य महाशाखाले जनाएको छ । भिटामिन ए कार्यक्रमका लागि सबै स्थानीय तहमा कार्यरत ५० हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविका र स्वास्थ्यकर्मी परिचालित छन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here