पारस र सन्दिपले इमर्जिङ कप नखेल्ने

53

काठमाडौं, कार्तिक १९:नेपाली राष्ट्रिय टोलीका पुर्व कप्तान पारस खड्का र लेग स्पिनर सन्दीप लामिछानेले बंगलादेशमा अर्को साताबाट आयोजना हुने इमर्जिङ टिम्स एशिया कप क्रिकेट प्रतियोगिता नखेल्ने भएका छन् । युएइमा हुने टि-टेन क्रिकेट लिग खेल्न लागेका पारस र सन्दीपले इमर्जिङ कपमा राष्ट्रिय टोलीबाट नखेल्ने भएका हुन् । दुबै जनाले प्रतियोगिता नखेल्ने जानकारी सहितको पत्र नेपाल क्रिकेट संघ (क्यान)मा बुझाएको क्यानका अधिकारीले बताएका छन् । यसअघी दुबै जनाले नेपाल भ्रमणमा रहेको इङ्ल्याण्डको एमसिसी विरुद्धको हिजोको पहिलो एकदिवसीय खेलपनि खेलेका थिएनन् । यहि कार्तिक २८ देखी मंसिर ७ गते सम्म हुने इमर्जिङ कप आयोजनाकै समयमा यूएईको आबुधाबीमा टि- टेन लिग हुने भएपछि उनीहरुले खेलको मिती जुधेको भन्दै खेल्न खेल्न नसक्ने बताएका हुन् । क्यानले यसपटक पारस र सन्दीपलाई टि टेन खेल्न अनुमती दिने तर आगमी दिनमा भने नेपालको खेल हुँदा नदिने निर्णय गरेको छ । लिगमा पारस अबुधाबी टिमबाट खेल्दै छन भने सन्दीप कर्नाटक टस्कर्सबाट खेल्ने छन् । नेपालले सहभागिता जनाउने इमर्जिङ कपको समुह ए मा श्रीलंका, पाकिस्तान, अफगानिस्तान र ओमान रहेका छन् भने समुह बी मा नेपाल सहित भारत, बंगलादेश र हङकङ रहेका छन् । नेपालले भारतसँग कात्तिक २८, हङकङसँग कात्तिक ३० र मंसिर २ मा बंगलादेशसँग खेल्ने छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here