क्यानडाको पिउने पानीमा सिसा

35

काठमाडौं, कार्तिक १९:क्यानडाका मुख्य शहरका घरहरुमा वितरण हुने पानीमा हानिकारक सिसाको मात्रा रहेको एक अनुसन्धानले देखाएको छ । देशका केही क्षेत्रमा वितरण भएको पानीमा सिसाको मात्रा पाइएको बताइएको छ । सन् २०१४ देखि २०१८ को अवधिमा लिइएका १२ हजार पानीका नमुना परीक्षण गर्दा एक तिहाईमा मापदण्डभन्दा बढी सिसाको मात्रा पाइएको छ । विश्वमै तेस्रो ठूलो प्रति व्यक्ति शुद्ध पानी हुने मानिएको क्यानडाका दश वटा संचार माध्यमका १२० पत्रकार र ९ वटा विश्वविद्यालयले एक वर्ष लगाएर गरेको अनुसन्धानबाट पानीमा सिसाको मात्रा मिसावट भएको तथ्य फेला परेको हो । सिसाले बालबालिकाको स्मरण शक्तिमा कमी आउने, तनाव र मुटुको रोग जस्ता स्वास्थ्य जोखिम बढाउने विज्ञहरु बताउँछन् ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here