बाँकेको कला संग्रह ओझेलमा

49

काठमाडौं, कार्तिक १९:कलाकार श्यामानन्द सिंह ठकुरीले आफ्नै पहलमा नेपालगन्जको बाँकेगाउँ श्रृजनटोलमा निर्माण गर्नुभएको कला संग्रालय ओझेलमा परेको छ । कलाकार ठकुरीले २०७० सालमा आफ्नै घरमा स्थापना गर्नुभएको संग्रहालयमा उहाँ आफैंले निर्माण गरेका चित्रकला, हस्तकला र मूर्तिकला हेर्न पाइन्छ । नेपाल टेलिकमबाट सेवा निवृत्त भएपछि एकल प्रयासबाट सुरु गरिएको संग्रालयमा नेपाली समाजसँग मेल खाने र लोप हुँदै गएका संस्कृतिदेखि विश्व सम्पदा सूचीमा परेका धार्मिक मठ मन्दिर, मस्जित, चर्च, गुम्बा जस्ता हस्तकला राखिएका छन् । यति मात्र होइन प्रयोगमा आउने सामाग्रीदेखि सजावटका हस्तकला र चित्रकला समेत संग्रहालयमा राखिएका छन् । संग्रालयमा प्रयोग गरी फालिएका वस्तु, खेर गएका कागजको प्रयोग गरी निर्माण गरिएका कलाकृति, लोप हुन लागेका नयाँ एवं पुराना कलाकृति, सांस्कृतिक कलाकृति, ऐतिहासिक कलाकृति, धार्मिक धरोहरका कलाकृति छन् । व्यक्तिगत पहलमा शुरु भएको संग्रहालयमा तीनै तहको सरकारको ध्यान पुग्न नसक्दा उचित संरक्षण र प्रचार प्रसार हुन सकेको छैन ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here