हाइड्रोपावरको सुरुङमा फसेका ४ जनाको मृत्यु

34

काठमाडौं, कार्तिक १९:बझाङको बुङ्गलमा निर्माणाधीन ६५ मेगावाटको कालङ्गा हाइड्रपावरको सुरुङमा फसेका चारैजना मजदूरको मृत्यु भएको छ । सुरुङभित्र काम गर्न जाने क्रममा फसेका चारैजना मजदुरको मृत्यु भएको हो । उनीहरु सुरुङमार्गमै मृतावस्थामा भेटिएका छन् । मृत्यु हुनेमा दैलेखका कर्णबहादुर शाही र महेन्द्र शाही, अछामका महेन्द्र साउद र बझाङका शेरबहादुर धामी रहेका इलाका प्रहरी कार्यालय बुङ्गलले जनाएको छ । कालङ्गा हाइड्रोअन्तर्गतको दारिमगाढ सुरुङ करीब एक हजार ४०० मिटर लामो रहेको र अक्सिजनको कमी भएकाले घटना भएको हुनसक्ने हाइड्रोका संस्थापक वीरेन्द्रबहादुर मल्लले बताउनुभयो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here