सुकुटेको दुर्घटनामा मृत्यु हुनेको संख्या १९

44

काठमाडौं, कार्तिक १९:सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ । दुर्घटनामा परेका मध्ये २ जनाको शव हिजो फेला परेपछि मृत्यु हुनेको संख्या १९ पुगेको हो । सुनकोशी नदीले बगाएका २जनाको शव हिजो फेला परेको हो । दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस आइतबार दिउँसो सुनकोशी नदीमा खसेको थियो । बस सडकबाट १०० मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here