नवनियुक्त प्रदेश प्रमुखहरुको  शपथ

84

काठमाडौं, कार्तिक १९:नवनियुक्त प्रदेश प्रमुखहरुले  शपथ ग्रहण गर्नुभएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शितल निवासमा आयोजना गरिएको बिशेष समारोहमा सातै जना प्रदेश प्रमुखहरुलाई पद तथा गोपनियताको शपथग्रहण गराउनुभएको हो । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति भण्डारीले हिजो सातवटै प्रदेशका प्रमुख नियुक्त गर्नुभएको थियो । राष्ट्रपति कार्यालयका अनुसार प्रदेश नं १ सोमनाथ अधिकारी प्यासी, २ मा तिलक परियार, ३ मा विष्णुप्रसाद प्रसाईं र गण्डकी प्र्रदेशको प्रमुखका रुपमा अमिक शेरचनले सपथ लिनुभएको हो । यसैगरी  यसैगरी प्रदेश नं ५ धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्दप्रसाद कलौनी र सुदूरपश्चिम प्रदेशको प्रमुखका रुपमा शर्मिलाकुमारी पन्तले पनि आजै सपथ लिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here