एएफसी यू–१९ अन्तर्गत नेपाल युएईसँग प्रतिस्पर्धा गर्दै

42

काठमाडौं,कार्तिक २०:एएफसी यू–१९ छनोट च्याम्पियनसिपको पहिलो खेलमा नेपालले आज युएईसंग प्रतिस्पर्धा गर्दैछ । ईरानमा आज सुरु हुने प्रतियोगितामा नेपालले समुह चरणको पहिलो खेलमा युएईसंग खेल्न लागेको हो । प्रतियोगिता खेल्न नेपाली टिम गत सोमबार ईरान प्रस्थान गरेको हो । नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले युएईविरुद्व खेल्न नेपाली टिम तयार रहेको बताए । नेपालले शुक्रबार घरेलु टोली ईरान र आईतबार कीर्गिस्तानसंग प्रतिस्पर्धा गर्नेछ । समुहको शीर्ष टिमले सोझै फाईनल चरणमा स्थान बनाउनेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here