एमसीसी विरुद्धको फस्ट क्लास क्रिकेटमा नेपाल प्रतिस्पर्धा गर्दै

43

काठमाडौं,कार्तिक २०:नेपाल भ्रमणमा रहेको मेरिलेबोन क्रिकेट क्लब एमसीसी विरुद्धको तीन दिवसीय फस्ट क्लास क्रिकेटमा नेपालले अहिले प्रतिस्पर्धा गरिरहेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपालले टस जितेको छ र पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ । एमसीसीविरुद्ध कप्तान ज्ञानेन्द्र मल्लसहित नेपालका ९ खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका छन् । टिममा भएका मध्ये सोमपाल कामी र शरद भेषवाकरले मात्र फस्ट क्लास क्रिकेट खेलिसकेका छन् । नयाँ कप्तान ज्ञानेन्द्र मल्लले एमसीसीविरुद्व खेल्दै फस्ट क्लास क्रिकेटमा डेब्यु गर्दैछन् । टिममा रहेका सोमपाल कामी र शरद भेषवाकर बाहेक अन्य खेलाडीले फस्ट क्लास क्रिकेट खेलेका छैनन् । त्यसैले कम्तीमा ९ नेपाली खेलाडीले फस्ट क्लास क्रिकेटमा डेब्यु गर्नेछन् । करिब १४ वर्षपछि नेपालले घरेलु मैदानमा फस्ट क्लास क्रिकेट खेल्न लागेको छ । नेपालले पछिल्लो पटक सन् २००५ मा युएईविरुद्ध आईसीसीले मान्यता दिएको फस्ट क्लास क्रिकेट खेलेको थियो । फस्ट क्लास क्रिकेटपछि नेपालले टी-ट्वान्टी क्रिकेट खेल्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here