मेक्सिकोमा ९ जना अमेरिकी नागरिकको हत्या

33

काठमाडौं,कार्तिक २०:उत्तरी मेक्सिकोमा तीन महिला र छ जना बालबालिका सहित नौ अमेरिकी नागरिक शंकास्पद लागू औषध कारोबारी बन्दुकधारीको आक्रमणमा परी मारिएका छन् । मारिनेहरु धेरै दशक अगाडिदेखि मेक्सिकोमा बसोबास गरिरहेका मोरमोन समुदायसँग सम्बन्धि रहेका छन् । उनीहरु गाडीमा यात्रा गरिरहेका बेला मारिएका हुन् । मेक्सिकोका सुरक्षा मन्त्रीले गलत पहिचानका कारण महिला र बालबालिकाहरु मारिएको हुन सक्ने जनाएका छन् । उत्तरी मेक्सिकोको सोनोरा राज्यमा लागू औषध कारोवारका लागि दुई प्रतिद्वन्दी गिरोहका बीच भिडन्त भइरहने क्षेत्र मानिन्छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ट्वीट मार्फत् एउटा रमाइलो पारिवारिक र साथीहरु जमघट लागू औषध कारोबारीको निसानामा परी मारिएको भन्दै दुःख व्यक्त गर्नुभएको छ । साथै लागू औषध कारोबार सम्बन्धी समस्या समाधानका लागि सहयोग गर्न अमेरिका तत्पर रहेको पनि बताउनु भएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here