जलवायु परिवर्तनको संकटकाल-बैज्ञानिक

69

काठमाडौं,कार्तिक २०:विश्वभरिका ११ हजार वैज्ञानिकहरुको संयुक्त अध्ययनले पृथ्वीले यतिखेर जलवायु परिवर्तनको संकटकाल भोगिरहेको तथ्य सार्वजनिक गरेका छन् । जलवायुसँग सम्बन्धित ४० वर्षका तथ्यांकहरुको विश्लेषण गरी गरिएको अध्ययनले विश्वले भोगिरहेको वातावरणीय संकटलाई सम्बोधन गर्न सरकारहरु असफल रहको पनि जनाएको छ । जलवायु र वातावरणको क्षेत्रमा गहन र चिरस्थायी परिवर्तन विना विश्वमा बसोवास गर्ने मानिसहरुले नदेखिने गरी पीडाको सामना गरिरहने पनि अध्ययनले भनेको छ । अनुसन्धानकर्ताहरुले विश्वमा देखिएको खतराको अवस्थाको तहका बारेमा सुसूचित गर्नु आफूहरुको नैतिक जिम्मेवारी भएको बताउँदै यसलाई जोगाउने जिम्मेवारी सबैको भएको बताएका छन् । सेटेलाइट तथ्यांकले गएको अक्टोबर महिना अहिले सम्मकै सबैभन्दा गर्मी महिना भएको देखाएको छ । साथै एक नयाँ अध्ययनले पृथ्वीको सतहको तापक्रम मापन गरेर मात्रै विश्वव्यापी तापक्रम वृद्धि र यसको खतराका बारेमा मापन गर्न नसकिने जनाएको छ । मानव र जनावरहरुको संख्यामा वृद्धि, प्रतिव्यक्ति मासु उत्पादन, विश्वमा रुखले ढाकेको क्षेत्रको कटौती, जीवाश्मा इन्धन खपत पृथ्वीका लागि खतराको सूचक भएको बताइएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here