डडेल्धुरामा धान उत्पादनमा वृद्धि

52

काठमाडौं,कार्तिक २०:फौजी किराका साथै विभिन्न कारणले देशमा धानको उत्पादनमा कमि आएको भएपनि डडेल्धुरामा भने यो वर्ष १५ प्रतिशत धान उत्पादनमा वृद्धि हुने भएको छ । यो वर्ष रोपाई गर्ने देखी धान पाकुन्जेल सम्म नियिमति रुपमा वर्षा हुनुका साथै रोग नलागेकाले यो वर्ष डडेल्धुरामा धान उत्पादनमा १५ प्रतिशतले वृद्धि हुने कृषि ज्ञान केन्द्र डडेल्धुराका प्रमुख दिलवहादुर विष्टले वताउँनु भयो । किसानले गत वर्षको भन्दा यो वर्ष राम्रो धान उत्पादन भएको वताएका छन् । डडेल्धुरामा ६ हजार २ सय ३६ हेक्टर क्षेत्रफलमा धान धान खेती हुने गरेको  छ । डडेल्धुराको सवैभन्दा वढी भित्रिमधेशको पर्शुराम नगरपालीका सहित नवदुर्गा गाउापालिका, गन्यापधुरा गाउँपालिका सहित भागेश्वर गाउँपालिकामा वढी धान उतपादन हुने गरेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here