एक सिंगे गैडा संरक्षणमा नयाँ चुनौती

46

काठमाडौं,कार्तिक २०:दुर्लभ एक सिगे गैडा संरक्षणमा नयाँ चुनौती थपिएको छ । विभिन्न रोग र कालगतिले गैडा मर्नेक्रम बढेपछि संरक्षणकर्मी चिन्तत समेत बनेका छन् । चितवन राष्ट्रिय निकुञ्जमा भदौ यता कालगतीले चार वटा गैंडा मरेका छन् । भदौ ११ गते देखि कात्तिक ९ गते सम्म विभिन्न स्थानमा चार वटा गैंडा मरेका हुन । चोरी शिकारीवाट गैंडा मर्न नपाए पनि पछिल्ला वर्षहरुमा कालगतीवाट धेरै गैंडा मर्न थालेपछि राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले गैंडा मृत्युका कारण अध्ययन गर्न समिति गठन गरी काम अघि बढाएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here