एमसीसीको राम्रो सुरुवात

33

काठमाडौं, कार्तिक २१:नेपालको भ्रमणमा रहेको इङ्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब एमसीसी र नेपालको राष्ट्रिय टोली बीचको तीन दिवसिय खेलमा पहुना टोलीले राम्रो सुरुवात गरेको छ । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा हिजो भएको पहिलो दिनको खेलमा एमसीसीले ६ विकेटको क्षतिमा ३११ रन बनाएको छ । नेपालले टस जितेर फिल्डिङ रोजेपछी पहिले ब्याटिङ गरेको एमसीसीले ८६ ओभर खेलेको थियो । एमसीसीका ओपनिङ ब्याटम्यान विल रोड्सले ७३ रनको अर्धशतकीय पारी खेले । त्यसैगरी विल भान्डेर्सपारले ५३ रन र मिल्स हाम्मोन्डले ५२ रन बनाएका छन् । बलिङतर्फ नेपालका लागि सोमपाल कामी, सन्दीप लामिछाने र शरद भेषवाकरले समान २ -२ विकेट लिएका छन । नेपाल र एमसिसि विचको ३ दिवसीय खेललाई अन्तराष्ट्रिय क्रिकेट परिषदले प्रथम श्रेणी को मान्यता दिएको छ । सिरिज अन्तरगत हिजो समाप्त भएको अवस्थाबाटै आज पुनः एमसिसी र नेपालको खेल अघि बढ्नेछ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here