चीनमा भिडियो गेममा कर्फ्यु

41

काठमाडौं, कार्तिक २१:चीनमा कम उमेरका बालवालिकाहरुमा भिडियो गेम खेल्ने लत बसेपछि सरकारले उनीहरुको त्यस्तो बानीमा सुधार ल्याउन भिडियो गेम कर्फ्यु लगाउने भएको छ । सरकारको यो घोषणा संगै १८ वर्ष भन्दा कम उमेरका बालवलिका र किशोरहरुले रातको १० बजे देखि विहान ८ बजेसम्म कुनै पनि किसिमका भिडियो गेम खेल्न नपाउने भएका छन् । प्रतिवन्धको नियमले १२ बर्ष सम्मका लागि दैनिक एक घण्टा र १२ देखि १८ बर्ष सम्मका लागि एक दिनमा डेढ घण्टा भन्दा बढी भिडियो गेम खेल्न रोक लगाउने गरी समयसिमा सिमित गरेको छ । सप्ताहअन्तमा भने त्यस्तो समयलाई दोब्बर सम्मको छुट दिइएको छ । समयसिमा बारे एकिन गर्न सरकारले विशेष प्रविधी पनि जडान गरेको छ । धेरै समय लगातार भिडियो गेममा खेलेर बस्दा बालवालिकाहरुको स्वास्थ्यमा नै गम्भिर समस्या आइरेहेको निष्कर्ष निकाल्दै सरकारले बाध्यकारी नियम लागू गरेको हो । चीन अमेरिका पछि विश्वकै दोस्रो ठूलो भिडियो गेमको बजार हो । हालैको एक अध्ययनले त्यँहा आठ बर्ष उमेर देखि भिडियो गेमको लत लागेका बालवालिकाहरुले मासिक आठ हजार रुपैयासम्म खर्चने गरेको देखाएको छ । किशोरहरुमा त्यस्तो लत र खर्चको मात्रा अझ बढी छ । यसैका कारण चीनको आलोचना पनि हुदै आएको थियो । विश्वकै ठूलो भिडियो गेम निर्माता कम्पनी टेनसेन्टले प्रतिवन्ध लगाउने नयाँ नियम प्रति आपत्ति जनाएको छ । तर चीन सरकारले भने नयाँ नियम देशभरीका सबै भिडियो गेम पार्लर संचालक र निर्माताहरुलाई बाध्यकारी हुने बताएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here