डोल्पामा पुरोहितले बिबाह पहिले बर बधुलाई उमेर सोध्ने

41

काठमाडौं, कार्तिक २१:डोल्पाका ब्राह्मण पुरोहितहरुले बिवाह गराउनु पूर्व वर बधुको उमेर सोध्ने प्रतिबद्धता ब्यक्त गरेका छन् । बढ्दो बालबिवाह न्युनिकरण गर्नकालागि जिल्ला प्रहरी कार्यालय डोल्पाले आयोजना गरेको ब्राह्मणसँगको अन्र्तक्रियामा त्रिपुराकोटका ब्राह्मणहरुले यस्तो प्रतिबद्धता जनाएका हुन् । त्रिपुराकोटका सम्पुर्ण ब्रामणहरुलाई बोलाएर बाल बिवाह न्युनिकरणका उपायबारे हिजो छलफल गरिएको हो । जिल्लामै त्रिपुराकोटमा मात्र ब्रामणहरु बसोबास गर्ने भएकाले यहाँकै ब्रामणहरुले जिल्ला भरि बिवाह गराउने गर्छन् । प्रहरी निरीक्षक ऋषि पछाइले बाल बिवाहकै कारण कलिला चेलीहरु रोग,भोग र सोखसँगै आत्महत्याको बाटो रोज्न बाध्य भएको बताउँदै यसलाइ रोक्न ब्रामणको पनि ठुलो भूमिका हुने बताउनुभयो । र्धम,सँस्कार अनुसार बिवाह गर्न सुरुमा केटा र केटी ब्रामणसँग पुग्ने भएकाले उनिहरुको उमेर सोधपुछ गरेरमात्रै बिवाह गराउन सम्पुर्ण ब्रामणहरुलाइ आग्रह गरिएको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here