काभ्रेमा खेतीयोग्य जमिनको नाश

70

काठमाडौं, कार्तिक २१:काभ्रे जिल्लाको मुख्य सहर तथा आसपासका क्षेत्रमा खेतीयोग्य जमिन टुक्राउँदै बस्ती नै निर्माण हुन थालेपछि कृषि उत्पादनमा ह्रास आउने भएको छ । कृषि उत्पादनमा अग्रणी रहेको काभ्रेमा पछिल्लो केही वर्ष यता उब्जाउ हुने फाँटहरुमा अव्यवस्थित रुपमा बस्ती नै बस्न थालेपछि उत्पादन घट्ने देखिएको हो । भूकम्प पछि नयाँ बस्ती निर्माणको नाममा खेतीयोग्य जमिन टुक्राउने क्रम बढेसंगै उर्वर भूमी मासीन थालेका छन् । जिल्लाको कृषि उत्पादनको हवका रुपमा रहेका धुलिखेल, बनेपा, पनौती, पाचखाल, भकुण्डे, कुन्ता, कुशादेवी, खोपासी लगायतका स्थानमा अव्यवस्थित रुपमा खेती योग्य जमिन घर घडेरीमा प्रयोग हुन थालेको छ । भूकम्पले घर भत्कीएसंगै घर घडेरीका नाममा विना योजना प्लटिङ्ग गर्ने र बस्ती विस्तार गर्ने क्रम बढेसंगै खेतीयोग्य जमिन मासिन थालेका हो । जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको कुल क्षेत्रफल मध्य ४४ हजार २ सय १९ हेक्टर जमिन खेतीयोग्य भूमी रहेको छ ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here